५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता News Polar सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी

पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत

पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत
अ+ अ-

काठमाडौँ । प्रविधिको विकाससँगै विश्वमा धेरै परिवर्तन भएका छन् । परम्परागत रूपमा मानिसले बनाउने सामान प्रविधिको सहयोगमा एकैछिनमा तयार हुन्छन् । कलामा पनि प्रविधिले आमूल परिवर्तन ल्याइदिएको छ ।

काठमाडौँ विश्वविद्यालयका १६ जना विद्यार्थीले भने प्रविधिको विकासले फड्को मार्नुअघि कलाकारले कला सिर्जनामा के कस्ता सामग्री प्रयोग गर्थे, चित्र र मूर्ति कसरी सिर्जना हुन्थ्ये भन्ने कुरालाई देखाउने प्रयास गरेका छन् ।

‘द म्याटरियालिटी अफ आर्ट, इफर्मल प्राक्टिसेज इन द नेपाली आर्ट वल्र्ड’ शीर्षकमा उनीहरूले बनाएका कला अहिले पाटन दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएका छन् । उनीहरूले परम्परागत रूपमा रङहरू कसरी बनाइन्थे र प्रयोग हुन्थ्यो भनेर पनि देखाउने प्रयास गरेका छन् । विद्यार्थीले दैनिक जीवनमा प्रयोग हुने सामग्रीलाई कलामार्फत उजागर गरिदिएका हुन् ।

चित्रकारले परम्परागत रूपमा कसरी कला सिर्जना गर्दथे भन्ने कुरालाई अध्ययन गरेर उनीहरूले चित्र तयार पारी प्रदर्शन गरेका काठमाडौँ विश्वविद्यालयका अध्यापक अनिल शाहीले बताउनुभयो । उहाँका अनुसार प्रायः काठमाडौँ उपत्यकाको नेवारी संस्कृतिलाई बढी जोड दिइएको उक्त कला प्रदर्शनीमा घण्टाघरदेखि, गाईजात्रा, लल्मी पूजा, भाइपुजा, नेवारको जङ्कुमा प्रयोग गरिने कलाकृति निर्माण गरेर प्रदर्शन गरिएका छन् ।

पूर्वजले प्रयोग गर्ने ‘ब्लकप्रिन्ट’, लक्ष्मी पूजामा लक्ष्मीको पोष्टर बनाएर पुरानो परम्परामा गरिने कामलाई यहाँ विद्यार्थीले प्रस्तुत गरेका अध्यापक शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “जस्तै जङ्कुमा विभिन्न देवीदेवतालाई साक्षीका लागि आह्वान गर्नुपर्ने रहेछ । त्यो साक्षीका रूपमा माटाका भाँडा बनाएर यहाँ राखिएको हो ।”

काठमा कुँदेर मसी छाप्ने र कागजमा चित्र बनाउने चलन पुरानो जमानामा थियो । अहिले उक्त शैली प्रयोग नभएकाले पुरानो समयमा कसरी काम गरिन्छ भनेर अग्रजलाई भेटेर अध्ययन गरी विद्यार्थीले कला सिर्जना गरेका शाहीले जानकारी दिनुभयो ।

अग्रजहरूले प्रयोग गरेका प्रविधिलाई यहाँ विद्यार्थीले उठान गरेर कला प्रदर्शनी गर्नु महत्त्वपूर्ण रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विद्यार्थीका लागि अध्ययनको चरण पनि भयो भने पुराना कुराहरू सिक्न पाउँदा पुस्तान्तरणसमेतमा योगदान हुन्छ, अझै अग्रजसँग भेटेर अध्ययन गरेर युवा पुस्ताले सिक्नु भनेको आफैँमा नयाँ सन्देश हो ।”

विद्यार्थीले अग्रज कलाकार मदन चित्रकार, सूर्यबहादुर चित्रकार, लोक चित्रकारसँग सोधेर सामाग्रीहरू सङ्कलन गर्नुका साथै चित्र सिर्जना गरेका छन् । ती सबै सिर्जनाहरू यहाँ प्रदर्शनमा छन् । काठमाडौँ वश्वविद्यालयको चौथो सेमेस्टरमा पढ्ने विद्यार्थीले सामूहिक रूपमा यसरी कला सिर्जना गरेका हुन् ।

एउटै कपडामा समूहसमूहमा चित्र सिर्जना गरिएको छ । पहिले पनि समूहमा चित्र बनाउने चलन थियो, त्यसैले अहिले पनि त्यहीअनुसार प्रयोग गरिएको छ । नेवारी संस्कृति गाइजात्रामा प्रयोग हुने ‘सपारु’लाई यहाँ सुन्दररूपमा प्रदर्शन गरिएको छ । गाईजात्रा निकाल्दा गाईको साङ्केतिक रूपमा मुकुण्डो प्रयोग गरिन्छ, सोही देखाइएको अध्यापक शाहीले बताउनुभयो ।

अध्यापक शाहीले यो मुख्य गरी सिकाइका माध्यामबाट समाज कसरी चलिरहेको छ भनेर दखाउन खोजिएको बताउनुभयो । “समाज कसरी परिवर्तन भएको छ । नेवार समुदायको प्रचलन के रहेछ भनेर सिकाइ विद्यार्थीहरुका लागि पनि नयाँ अभ्यास भएको छ”, उहाँले भन्नुभयो ।