२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै



Congress Central committee
file photo
अ+ अ-

काठमाडौं । पटकपटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको हो ।

असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक पटक पटक स्थगित गर्दै सहमति खोज्ने प्रयास भइरहेको छ ।

चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीच मतभेद हुँदा केन्द्रीय समितिले अहिलेसम्म निर्णय लिन सकेको छैन ।

सभापति शेरबहादुर देउवा उपचार गरी सिंगापुरबाट फर्किएपछि पार्टीभित्र देखिएको मतभेद समाधान गर्न सक्रियता देखाएका छन् ।

सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि अनौपचारिक रूपमा गत शनिबार र आइतबार नेताहरूसँग छलफल गरे पनि सहमति नजुटेपछि सोमबारको केन्द्रीय समिति बैठक नै सारिएको थियो ।

सभापति शेरबहादुर देउवानिकट केही पदाधिकारी र केही पूर्व पदाधिकारीहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नु उपयुक्त हुनेमा छन् ।

तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन हुन नसके चुनावअघि विशेष महाधिवेशन गरेर जानुपर्ने अडान राखेका छन् ।