१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु  घटे
अ अ+ अ-

काठमाडौं । कोरोना (कोभिड-१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् ।यद्यपि, यात्रु संख्या घटे पनि जहाजको उडान संख्या भने उत्साहवद्र्धक अर्थात् करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान अहिले २० प्रतिशतमात्र कटौती भएको हो । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कोरोनाको प्रभावले अन्तर्राष्ट्रिय उडानका हवाई यात्री घटे पनि जहाजको उडान संख्यामा भने कमी नआएको बताए ।

अन्तर्राष्ट्रिय हवाई मापदण्डअनुरूप हवाई उडान रोक्न नमिल्ने भएकाले धेरै वायु सेवा प्रदायकले उडान नरोके पनि उडान घटाइरहेका छन् । कोरोना भाइरस प्रभावित मुलुकबाट हुने दुवैतर्फी उडानमा भने भारी कटौती भएको छ । तथापि अन्य मुलुकका उडानमा त्यति धेरै समस्या नरहेको प्राधिकरणको भनाइ छ । अन्तर्राष्ट्रिय यात्रु घटेपछि विमानस्थलको आर्थिक आम्दानीमा पनि गिरावट आउने आंकलन गरिएको छ । विमानस्थल सेवाबापत वार्षिक छ अर्बभन्दा बढी कमाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कोरोनाका कारण करिब चार अर्ब आम्दानी गर्ने प्रक्षेपण गरिएको छ ।

प्राधिकरणको मुख्य आम्दानी गर्ने अन्तर्राष्ट्रिय विमानस्थल हो । अरू विमानस्थल नाफामै भए पनि सञ्चालन खर्च धान्नै मुस्किल हुने प्रवक्ता क्षेत्रीले बताए । ‘कोरोनाको त्रासले विदेशी यात्री घटेपछि विमानस्थललाई पनि आर्थिक नोक्सानी हुन्छ, हाम्रो (प्राधिकरण) को मुख्य आम्दानी नै अन्तर्राष्ट्रिय विमानस्थल हो, यसका यात्री घटेपछि स्वाभाविक रूपमा आम्दानी घट्छ’, उनले भने । प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट अघिल्लो यही याममा दैनिक १०० देखि ११० सम्म अन्तर्राष्ट्रिय उडान हुन्थ्यो भने अहिले दैनिक सरदर ८० देखि ८५ उडान हुने गरेको छ ।

ठूलो संख्यामा उडान भइरहे पनि यात्रुको संख्या ह्वात्तै घटेको छ । यसले विमानस्थलको विजिनेसलाई समेत नराम्रो असर पारेको सरोकारवालाको भनाइ छ । पहिला अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले पाँचदेखि ५५ हजार मात्रै यात्रु आगमन भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए । सौर्य दैनिक