• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर

कृषि, पर्यटन र उद्योगमार्फत देशको विकास गर्नुपर्नेः नेता केसी



काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसी (राजन) ले कृषि, पर्यटन र उद्योगमार्फत मुलुकको विकास गर्नुपर्ने बताउनुभएको छ ।चन्द्रागिरि नगरपालिका–२ मा रहेको बाघ बछ्ला बहुद्देश्यीय सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सहकारीको एकीकृत पुँजीलाई कृषि, उद्योगधन्दा र पर्यटनको विकासमा लगानी गर्न सकेमात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताउनुभएको हो ।

“सहकारीले बजार हेरेर युवालाई रोजगार, उत्पादन र श्रमसँग जोड्नुपर्छ”, उहाँले भन्नुभयो । नेपाल तरुण दलका ईश्वर लामा , संस्थाका अध्यक्ष तेजबहादुर भुर्तेल, सचिव उद्धव पोखरेल, व्यवस्थापक विमला पोखरेललगायतले  न्यून आर्थिक वृद्धिदर भएको मुलुकमा गरिबी न्यूनीकरणका लागि सहकारीले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्नुभयो     

साधारणसभाले संस्थाको अध्यक्षमा भुर्तेललाई पुनः चयन गरेको छ । यसैगरी उपाध्यक्षमा मनोज घिमिरे, सचिवमा उद्धव पोखरेल, कोषाध्यक्षमा श्रीराम कार्की तथा सदस्यहरूमा सुदीप पोखरेल, नारायण कुँवर र मनोजकुमार शर्मा तथा लेखा समितिको संयोजकमा ध्रुवबहादुर कडायत र लेखा सदस्यमा राजेन्द्र कोइराला चयन हुनुभएको छ । रासस