१२ असार २०८३, शुक्रबार
,
Latest
नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि, पर्यटन र उद्योगमार्फत देशको विकास गर्नुपर्नेः नेता केसी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसी (राजन) ले कृषि, पर्यटन र उद्योगमार्फत मुलुकको विकास गर्नुपर्ने बताउनुभएको छ ।चन्द्रागिरि नगरपालिका–२ मा रहेको बाघ बछ्ला बहुद्देश्यीय सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सहकारीको एकीकृत पुँजीलाई कृषि, उद्योगधन्दा र पर्यटनको विकासमा लगानी गर्न सकेमात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताउनुभएको हो ।

“सहकारीले बजार हेरेर युवालाई रोजगार, उत्पादन र श्रमसँग जोड्नुपर्छ”, उहाँले भन्नुभयो । नेपाल तरुण दलका ईश्वर लामा , संस्थाका अध्यक्ष तेजबहादुर भुर्तेल, सचिव उद्धव पोखरेल, व्यवस्थापक विमला पोखरेललगायतले  न्यून आर्थिक वृद्धिदर भएको मुलुकमा गरिबी न्यूनीकरणका लागि सहकारीले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्नुभयो     

साधारणसभाले संस्थाको अध्यक्षमा भुर्तेललाई पुनः चयन गरेको छ । यसैगरी उपाध्यक्षमा मनोज घिमिरे, सचिवमा उद्धव पोखरेल, कोषाध्यक्षमा श्रीराम कार्की तथा सदस्यहरूमा सुदीप पोखरेल, नारायण कुँवर र मनोजकुमार शर्मा तथा लेखा समितिको संयोजकमा ध्रुवबहादुर कडायत र लेखा सदस्यमा राजेन्द्र कोइराला चयन हुनुभएको छ । रासस