२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा पुनःस्थापना हुनु अपरिहार्य छः शंकर पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनु अपरिहार्य रहेको बताउनुभएको छ ।

मंगलवार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठकमा बोल्दै उहाँले पार्टीको सो अडान राख्नुभएको हो ।

महासचिव पोखरेलले सर्वोच्च अदालतको पटक पटक फैसला र असंवैधानिक ढंगले बन्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकाले पनि संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्ने पार्टीको मान्यता रहेको समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘असंवैधानिक ढंगले उहाँ प्रधानमन्त्रीमा विराजमान हुनुहुन्छ । संविधानले उहाँलाई चिन्दैन । अर्कोतिर संविधानले नचिन्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको अवस्था छ । जुनप्रतिनिधिसभा विघटन सर्वोच्च अदालतका पटक पटकका भर्डिकको हिसावले भन्नेहो भने त्यो असंवैधानिक छ । त्यस अर्थमा सर्वोच्च अदालतको विगतमा भर्डिकहरुका हिसावले पनि पुनः स्थापना अपरीहार्य छ । र पुनस्थापनाबाट नै लोकतन्त्रलाई सही दिशातर्फ अगाडि बढाउन सकिन्छ भन्ने पार्टीको मत र मान्यता रहेको छ ।’

महासचिव पोखरेलले वर्तमान सरकारलाई संविधानले नचिन्ने भएकाले उसले गराएको निर्वाचनमा सहभागी हुन नमिल्ने जिकिर समेत गर्नुभयो ।