काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन रहेको छ ।
यसै अवसरमा उनले एक सरप्राइज दिएकी छन् । उनले इन्स्टाग्राममार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन् ।
उनले सार्वजनिक गरेका केही इन्गेजमेन्टका तस्बिरमा उनले हीराको औंठी लगाएको देख्न सकिन्छ । आइतबार उनले एक युवकसँग इन्गेजमेन्ट गरे पनि उनीबारे भने खुलाएकी छैनन् ।
इन्गेजमेन्टको यो घोषणापछि फ्यान र सेलिब्रेटीले साम्राज्ञीलाई बधाई दिइरहेका छन् ।
‘ड्रिम्स’ चलचित्रबाट अभिनेत्रीका रुपमा पहिचान बनाएकी उनले दर्जन बढी चलचित्रमा अभिनय गरेकी छन् । पछिल्लो समय उनी ‘वर एण्ड वधु’मा देखिएकी थिइन् ।











