१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक मनिष विश्वकर्माको ‘बन्दीपुर बजारैमा’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। गायक मनिष विश्वकर्माले आफ्नो नयाँ गीत ‘बन्दीपुर बजारैमा’ सार्वजनिक गरेका छन् । अमेरिकाको कोलोराडोमा रेकर्ड गरिएको गीत नेपालकै ऐतिहासिक, सुन्दर र मौलिक इतिहास बोकेको बन्दीपुरको पर्यटन प्रवर्द्धनमा केन्द्रित छ ।

तनहुँको बन्दीपुर काठमाडौँ उपत्यकाबाहिर नेवार समुदायको मौलिक र ऐतिहासिक विरासत बोकेको ठाउँ हो । जुन देशी तथा विदेशी पर्यटकका लागि ‘ड्रिम डेस्टिनेसन’ हो भने उपत्यकाबाहिरका नेवार समुदायको खुला संग्रहालयका रुपमा चिनिन्छ ।

बन्दीपुर बजारको दैनिकी र नेवार समुदायको पहिचानलाई केन्द्रमा राखेर निर्माण गरिएको भिडियो बन्दीपुरमै छायांकन गरेर अमेरिकामा सम्पादन गरेर सार्वजनिक गरिएको हो । युट्युबबाट सार्वजनिक गरिएको भिडियोका सुन्दर दृश्य बन्दीपुर बजारमै खिचिएका हुन् । अमेरिकामा गीत तयार पारेपछि भिडियोसहित सार्वजनिक गरिएको जनाइएको छ ।

गीतमा गायक मनिषकै स्वर, शब्द, संगीत छ । भिडियोको निर्देशन पनि उनी आफैले गरेका हुन् । अमेरिकामा बस्ने गायक मनिष कोलोराडोका प्राय सांगितिक कार्यक्रममा प्रस्तुती दिने गरेका छन् ।

बन्दीपुर बजारमा पहिलोपटक भेटेपछि सुरु भएको प्रेमकथामा आधारित भिडियोमा दिप्सन माझ्कोटी, कृपा गुरुङ, र सुस्मिता बयलकोटी ‘फिचरिङ’ छन् । कोलोराडोको मिस्टिक भाइब्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत तथा भिडियोमा राजनभक्त श्रेष्ठको कम्पोज, मिक्सिङ र मास्टरिङ छ ।

गीतको अडियो तथा भिडियो तयार पार्न गायक मनिषका साथी तथा सहयोगीहरुको पनि साथ छ ।




भर्खरै