७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि
अ+ अ-

काठमाडौं । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गरेको छ ।

बोर्डले एक सूचना जारी गर्दै यही असार ७ गतेसम्म ‘सिनेपा २ बक्सअफिस’ मा उल्लेख भए अनुसारको विवरण सार्वजनिक गरेको हो । उक्त विवरणअनुसार यसवर्ष हालसम्म प्रदर्शित चलचित्रमध्ये सबैभन्दा बढी कमाइ चलचित्र ‘लालीबजार’ ले गरेको गरेको छ ।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चलचित्र ‘लालीबजार’ ले नेपालमा रु नौ करोड २८ लाख १४ हजार ५०५ कमाइ गरेको छ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको चलचित्र ‘लालीबजार’ को सोही अवधिमा तीन लाख १५ हजार ७१४ टिकट बिक्री भएका छन् ।

गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा २०८३ सालमा प्रदर्शन भएका सबै चलचित्रको तुलनामा आफूलाई निकै अगाडि उभ्याउन सफल भएको छ । उक्त चलचित्रमा अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।

गत जेठ १५ गते प्रदर्शन भएको चलचित्र ‘रोल नम्बर १’ ले रु एक करोड ५५ लाख ४६ हजार ६६८ कमाइ गरेको छ । जोन योञ्जनको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल ५७ हजार १३२ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा मुकुन भुसाल, शुशाङ्क मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

यस्तै, गत जेठ १५ नै प्रदर्शन भएको चलचित्र ‘कुम्भ’ यसवर्ष अहिलेसम्म प्रदर्शित चलचित्रमध्ये सबैभन्दा कम व्यापार गर्नेमा परेको छ । उक्त चलचित्रले आइतबार बेलुकीसम्म रु चार लाख २५ हजार ८८५ कमाइ गरेको छ ।

रणधीर श्रेष्ठले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कूल एक हजार ८१५ टिकट बिक्री भएका छन् । चलचित्र ‘कुम्भ’ मा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापालगायत कलाकारहरूको अभिनय रहेको छ ।