१५ श्रावण २०८३, शुक्रबार
,
Latest
हिन्दू–मुस्लिम धार्मिक नेतृत्वको साझा सन्देश : हिंसा होइन, सद्भाव रोजौं मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै पुस्ताको भावनालाई समेटेर कम्युनिष्ट एकतालाई पार्टीको प्रमुख मुद्दा बनाउछौँः पूर्वप्रधानमन्त्री खनाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशभर वामपन्थी पार्टीको एकता प्रक्रिया प्रारम्भ भएको सन्देश प्रवाह गर्न सबै प्रदेशमा सन्देशसभा सञ्चालन गरिने बताउनुभएको छ ।

कोटेश्वरस्थित पार्टी कार्यालयमा आज बसेको पूर्वपदाधिकारीहरूको छलफलपछि उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै आगामी मङ्सिर महिनाभित्र सातै प्रदेशमा एकतासभा गरिने जानकारी दिनुभयो ।

पार्टीको सङ्गठन सुदृढ बनाउन युवा सहभागितालाई जोड दिँदै नेता खनालले सबै पुस्ताको भावनालाई समेट्न र कम्युनिष्ट एकतालाई पार्टीको प्रमुख ‘एजेन्डा’ बनाइने विचार व्यक्त गर्नुभयो । मुलुकमा सुशासन कायम गरी जनताको आर्थिक प्रगतिका लागि कम्युनिष्ट एकता अपरिहार्य रहेको धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले नेपाली विशेषताको समाजवादी व्यवस्था कार्यान्वयनका लागि आमजनतालाई सङ्गठित गर्दै समाजवादको बाटोतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।  रासस




भर्खरै