१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै पुस्ताको भावनालाई समेटेर कम्युनिष्ट एकतालाई पार्टीको प्रमुख मुद्दा बनाउछौँः पूर्वप्रधानमन्त्री खनाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशभर वामपन्थी पार्टीको एकता प्रक्रिया प्रारम्भ भएको सन्देश प्रवाह गर्न सबै प्रदेशमा सन्देशसभा सञ्चालन गरिने बताउनुभएको छ ।

कोटेश्वरस्थित पार्टी कार्यालयमा आज बसेको पूर्वपदाधिकारीहरूको छलफलपछि उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै आगामी मङ्सिर महिनाभित्र सातै प्रदेशमा एकतासभा गरिने जानकारी दिनुभयो ।

पार्टीको सङ्गठन सुदृढ बनाउन युवा सहभागितालाई जोड दिँदै नेता खनालले सबै पुस्ताको भावनालाई समेट्न र कम्युनिष्ट एकतालाई पार्टीको प्रमुख ‘एजेन्डा’ बनाइने विचार व्यक्त गर्नुभयो । मुलुकमा सुशासन कायम गरी जनताको आर्थिक प्रगतिका लागि कम्युनिष्ट एकता अपरिहार्य रहेको धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले नेपाली विशेषताको समाजवादी व्यवस्था कार्यान्वयनका लागि आमजनतालाई सङ्गठित गर्दै समाजवादको बाटोतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।  रासस