२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिडिसिए कपः दशरथचन्द एकेडेमी विजयी



अ+ अ-

बैतडी। बिडिसिए कपको २२औँ संस्करण अन्तर्गत आज सम्पन्न खेलमा दशरथचन्द एकेडेमी विजयी भएको छ । एकेडेमीले थालिगडा क्रिकेट क्लबलाई १०६ रनले पराजित गरेको हो।

जितका लागि २७७ रनको लक्ष्य पछ्याउने क्रममा थालिगडा १९.२ ओभरमा १७० रनमा समेटियो। उसका लागि अमन तिरूवाले ५० र लोकेन्द्र रावलले ४४ रन बनाए । बलिङतर्फ एकेडेमीका निखिल चन्दले ३, दिनेश महरा र सुमित रावलले दुई दुई विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एकेडेमीको पारी ३७ ओभरमा २७६ रनमा समेटियो । उसका लागि आयुश चन्दले ८७, प्रयास रावलले ६६ र सुनिल चन्दले ५३ रन जोडे । बलिङतर्फ थालिगडाका नरेश रावलले ३ तथा जितु रावलले २ विकेट लिए । एकेडेमीका आयुश चन्द म्यान अफ दी म्याच घोषित भए ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि  सुरू भएको प्रतियोगिता आगामी मङ्सिर ५ गते सम्पन्न हुनेछ । रासस