२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत १५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग पराजित, १२४ रन पछ्याउन सकेन



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकाले कोलकातामा खेलिएको पहिलो टेस्टमा भारतलाई ३० रनले पराजित गरेको छ।

भारतले पहिलो इनिङ्समा ३० रनको अग्रता निकाले पनि दक्षिण अफ्रिकाले बलरहरूको प्रदर्शनको बलमा उत्कृष्ट पुनरागमन गर्‍यो र भारतलाई हराउँदै दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ।

दक्षिण अफ्रिकाको दोस्रो इनिङ्स १५३ रनमा समेटिएको थियो र १२३ रनको अग्रता बनाउँदै भारतलाई १२४ रनको लक्ष्य दिएको थियो। भारतको दोस्रो इनिङ्सको ब्याटिङ निकै कमजोर रह्यो र टोली दोस्रो नै सेसनमा ९३ रनमै आलआउट भयो।

भारतका लागि वाशिङ्टन सुन्दरले सबैभन्दा धेरै ३१ रन बनाए। अक्षर पटेल पनि राम्रो ब्याटिङ गरिरहेका थिए र उनले केशव महाराजमाथि लगातार चौका–छक्का प्रहार गर्दै भारतलाई जित दिलाउने प्रयास पनि गरे, तर खराब सट खेलेपछि आउट भए।

त्यसपछि केशवले मोहम्मद सिराजलाई आउट गर्दै भारतको पारी समाप्त गरिदिए। भारतीय कप्तान शुभमन गिल दोस्रो इनिङ्समा पनि ब्याटिङ गर्न आएका थिएनन्।

भारतका लागि वाशिङ्टन र अक्षर बाहेक रवीन्द्र जडेजाले १८, ध्रुव जुरेलले १३, ऋषभ पन्तले २, केएल राहुलले १ र कुलदीप यादवले १ रन जोडे। जसप्रीत बुमराह भने खाता नखोली नै अविजित फर्किए।

दक्षिण अफ्रिकाका लागि सिमोन हार्मरले ४ विकेट लिए, जबकि मार्को यान्सेन र केशव महाराजले २–२ विकेट लिए। एडेन मार्करामले एक विकेट हात पारे।