२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन



अ+ अ-

गलकोट, (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ समापन गरिएको छ ।

महायज्ञमा रु नौ करोड ६९ लाख सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणका लागि आयोजित महायज्ञ शनिबार समापन गरिएको छ ।

महायज्ञमा शुक्रबार मात्र रु एक करोड ३४ लाख सङ्कलन भएको थियो । बिहीबार सबैभन्दा बढी रकम रु एक करोड ६२ लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिनुभयो ।

महायज्ञमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य राखिएकामा लक्ष्यको नजिक पुगेको बताउँदै अझै पनि अनलाइनमार्फत सहयोग आउनेक्रम जारी रहेको उहाँले बताउनुभयो ।

महायज्ञमा शनिबार सबैभन्दा बढी रकम बागलुङ नगरपालिका–४ उपल्लाचौरका ऋषिराम गौतम तथा सरिता गौतमले रु छ लाख नौ हजार सहयोग प्रदान गर्नुभयो ।

शनिबार आश्रमका चार कोठा निर्माणका लागि एकमुष्ट रु २० लाख सहयोग प्राप्त भएको छ । आश्रम एक कोठा निर्माणका लागि रु पाँच लाख ११ हजार संस्थागत रूपमा समेत प्राप्त भएको छ । रासस