१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’



अ+ अ-

विराटनगर। स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थायी जनशक्ति अपरिहार्य भएको सरोकार भएकाहरूले बताएका छन् । करार सेवामा रहनेको सेवा अवधि निश्चित नहुने तथा उनीहरूको कार्य स्थायित्व नहुने  भएकाले स्थायी जनशक्ति नै सेवामा जवाफदेहिताको आधार हुने सरोकार भएकाहरूको मत छ ।

स्वास्थ्य कार्यक्रमहरूको कोशी प्रदेशस्तरीय एकीकृत समीक्षा कार्यक्रममा आज सरोकार भएकाहरूले हाल स्वास्थ्य सेवामा आवश्यक स्थायी जनशक्तिमध्ये करिब ५० प्रतिशत दरबन्दी खाली रहेको र त्यसले सेवा प्रवाहमा नै असर परेको धारणा राखेका छन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा चुमनलाल दासले स्थायी जनशक्ति भए मात्र सेवाग्राहीले अनुभूत गर्ने गरी गुणस्तर कायम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राही सन्तुष्ट भए मात्रै सेवा राम्रो मानिन्छ । स्थायी जनशक्ति हुँदा तालिम, सीप र कार्यक्षमता विकास हुने भएकाले गुणस्तर सुनिश्चित हुन्छ ।”

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा यदुचन्द्र घिमिरेले पनि स्थायी संरचना नहुँदासम्म गुणस्तरीय सेवा दिन चुनौती रहने उल्लेख गर्नुभयो । करारबाट जनशक्ति लिएर तत्कालका आवश्यकता टारिए पनि यसबाट दीर्घकालीन समाधान भने नहुने उहाँको भनाइ थियो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालले गुणस्तरीय सेवा प्रवाहका लागि नियमित अनुगमनमा जोड दिनुपर्ने र आफूहरू यस कार्यमा लागिरहेको बताउनुभयो । उहाँले वार्षिक कार्ययोजनाका आधारमा स्थलगत अनुगमन गर्ने अभ्यासलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

शुक्रबारदेखि सुरु भएको समीक्षा कार्यक्रममा मन्त्रालय, मातहतका निकाय, जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रतिनिधिहरू सहभागी छन । कार्यक्रम आइतबार सम्पन्न हुने जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले बताउनुभयो ।  रासस