६ पुष २०८२, आईतवार
,
Latest
ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङ ट्रान्जिट हुँदै अब ‘ट्रान्जिट भिसा’को शर्त नलाग्ने



अ+ अ-

काठमाडौँ। हङ्कङको सरकारले नेपाली राहदानीबाहक यात्रुलाई नेपालबाट हङ्कङ ट्रान्जिट हुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा दिने ट्रान्जिट भिसा हटाएको छ ।

नेपाली महावाणिज्य दूतावास हङ्कङले भोलि शनिबार (सन् २०२५ को नोभेम्बर १५) देखि लागू हुनेगरी चीनको विशेष प्रशासकीय क्षेत्र, हङ्कङको सरकारले उक्त व्यवस्था गरेको जानकारी दिएको छ ।

महावाणिज्य दूतावासले आज एक विज्ञप्ति जारी गरी निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र, हङ्कङको सरकारले उक्त व्यवस्था गरेको जानकारी गराएको छ । नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङ्कङ अन्तरराष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू गरिएको थियो ।

हङ्कङ सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात हङ्कङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली राहदानीबाहक यात्रुलाई यात्रामा सहजता हुने विश्वास गरिएको महावाणिज्य दूतावासले उल्लेख गरेको छ ।

साथै, यो प्रावधानले नेपाली राहदानीबाहक यात्रुहरूलाई हङ्कङ ट्रान्जिट भएर यात्रा गर्न प्रोत्साहन मिल्ने ठानिएको जनाइएको छ ।

महावाणिज्य दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हङ्कङ सरकारको यो कदमले नेपाल र हङ्कङ सरकारको द्विपक्षीय सम्बन्धलाई अझ मजबुद बनाउन सहगोग पुर्याउने हुँदा सराहनीय एवं प्रशंसनीयसमेत रहेको छ । अतः नेपाल सरकारको तर्फबाट महावाणिज्य दूतावास हङ्कङ सरकारलाई धन्यवाद दिन चाहन्छ ।” रासस