६ पुष २०८२, आईतवार
,
Latest
ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सामाजिक, राजनीतिक तथा आर्थिक समुन्नतिको मार्ग प्रशस्त गर्ने दायित्व सबैको’



फाइल फोटो
अ+ अ-

जनकपुर। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालीको दशकौँको सङ्घर्ष, समर्पण एवं सपूतहरूको सहादत पश्चात् प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरणसँगै मुलुकको सामाजिक, राजनीतिक तथा आर्थिक समुन्नतिको मार्ग प्रशस्त गर्ने दायित्व हामी सबैमा रहेको बतउनुभएको छ ।

नव–निर्माण एवं सकारात्मक अग्रसरताको मार्गमा गतिशील समाजमा आरोह अवरोह आइरहनु अस्वाभाविक कदापि होइन तर संयमित रूपमा अनुशासित भई दृढताका साथ गन्तव्यको दिशामा अविचल अग्रसर भइरहनु नै औचित्यपूर्ण हुन्छ उहाँले बताउनुभयो ।

प्रदेश प्रमुख कर्णले विगत केही दिनदेखि मधेस प्रदेशमा राजनीतिक अस्थिरता सृजित भई अनिश्चितता, आशंका, अविश्वास र आक्रोशको वातावरण उत्पन्न भएर समग्र सामाजिक, राजनीतिक, आर्थिक, प्रशासनिक, विकासात्मक गतिविधि नराम्रोसँग प्रभावित भइसकेको बताउनुभयो ।

नेपालको संविधान, २०७२ को मूलमन्त्र नै सहअस्तित्व, समन्वय र सहकार्यको संस्कृति आत्मसात् गर्नु रहेकाले त्यसलाई हृदयंगम गर्दै देश र प्रदेशमा एक–अर्काको अस्तित्व एवं मर्यादालाई सम्मान गरेर समुन्नत भविष्यको मार्ग प्रशस्त गर्ने दिशामा हाथेमालो गर्दै अग्रसर हुनु अपरिहार्य रहेको उहाँले बताउनुभयो । रासस