१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सामाजिक, राजनीतिक तथा आर्थिक समुन्नतिको मार्ग प्रशस्त गर्ने दायित्व सबैको’



फाइल फोटो
अ+ अ-

जनकपुर। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालीको दशकौँको सङ्घर्ष, समर्पण एवं सपूतहरूको सहादत पश्चात् प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरणसँगै मुलुकको सामाजिक, राजनीतिक तथा आर्थिक समुन्नतिको मार्ग प्रशस्त गर्ने दायित्व हामी सबैमा रहेको बतउनुभएको छ ।

नव–निर्माण एवं सकारात्मक अग्रसरताको मार्गमा गतिशील समाजमा आरोह अवरोह आइरहनु अस्वाभाविक कदापि होइन तर संयमित रूपमा अनुशासित भई दृढताका साथ गन्तव्यको दिशामा अविचल अग्रसर भइरहनु नै औचित्यपूर्ण हुन्छ उहाँले बताउनुभयो ।

प्रदेश प्रमुख कर्णले विगत केही दिनदेखि मधेस प्रदेशमा राजनीतिक अस्थिरता सृजित भई अनिश्चितता, आशंका, अविश्वास र आक्रोशको वातावरण उत्पन्न भएर समग्र सामाजिक, राजनीतिक, आर्थिक, प्रशासनिक, विकासात्मक गतिविधि नराम्रोसँग प्रभावित भइसकेको बताउनुभयो ।

नेपालको संविधान, २०७२ को मूलमन्त्र नै सहअस्तित्व, समन्वय र सहकार्यको संस्कृति आत्मसात् गर्नु रहेकाले त्यसलाई हृदयंगम गर्दै देश र प्रदेशमा एक–अर्काको अस्तित्व एवं मर्यादालाई सम्मान गरेर समुन्नत भविष्यको मार्ग प्रशस्त गर्ने दिशामा हाथेमालो गर्दै अग्रसर हुनु अपरिहार्य रहेको उहाँले बताउनुभयो । रासस