१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल

निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वतयारीका सम्बन्धमा आज निर्वाचन आयोगमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल भएको छ ।

उक्त कार्यक्रममा गृहमन्त्री अर्यालले निर्वाचन व्यवस्थापनको तयारीका सम्बन्धमा नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने आवश्यक सम्पूर्ण स्रोत साधनको व्यवस्थाका साथै शान्ति, सुरक्षाको उचित प्रबन्ध मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले निर्धारित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनमा युवापुस्ताको सहभागिता बढाउन अध्यादेशमार्फत मतदाता नामावली ऐन, २०७३ मा संशोधन गरी आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि थप गर्न सक्ने व्यवस्था मिलाइएको, मतदाता नामावली दर्ता प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता कायम गर्ने कार्यमा आयोगलाई सहयोग उपलब्ध गराइएको बताउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गृहमन्त्री अर्यालले निर्वाचनमा भरपर्दो शान्ति, सुरक्षाको व्यवस्था मिलाउन गृह मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा निर्वाचन व्यवस्थापनमा सुधार र सहजताका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।”

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भएदेखि नै आयोगले योजनाबद्ध रूपमा निर्वाचनको पूर्वतयारीका कार्य गरिरहेको बताउनुभयो । त्यस समयमा आयोगले राजनीतिक दल, नेपाल सरकारलगायत सबै सरोकारवालासँग छलफल तथा समन्वय गरिरहेको र सेवाग्राहीको आग्रह तथा मौजुदा कानुनी व्यवस्थाको सकारात्मक प्रयोग गरी सेवाग्राहीहरूलाई प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको जानकारी गराउनुभयो ।

निर्वाचन पूर्वतयारीको काममा सरकारले हालसम्म उपलब्ध गराएको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा समेत निर्वाचनको वातावरण निर्माण, स्रोत साधनको व्यवस्था एवं सुरक्षाको प्रबन्ध तथा आवश्यक समन्वय र सहजीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

भविष्यमा निर्वाचनको वातावरण तयार गर्न निर्वाचन आयोगले राजनीतिक दल, नेपाल सरकार, युवापुस्ताका प्रतिनिधि र निर्वाचन आयोगका बीचमा आयोजना गर्ने छलफल तथा अन्तक्र्रिया कार्यक्रममा समेत नेपाल सरकारको तर्फबाट सहजीकरण गर्न आग्रह गर्नुभयो ।रासस