९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा नेता सन्तोष परियारद्वारा पार्टी परित्याग



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्।

पार्टीभित्र माग गर्दै आएको नेतृत्व परिवर्तनको बहसले तीव्रता लिँदै गर्दा उनले राजीनामा दिएर छुट्टै अभियान सुरु गर्ने तयारी गरेका हुन्।

परियारले पार्टीको साधारण सदस्यताबाट दिएको राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन्।

स्रोतका अनुसार उनी अब नयाँ अभियानमार्फत अघि बढ्ने तयारी गरेको बताइएको छ ।

पछिल्लो समय रास्वपाभित्र नेतृत्वसम्बन्धी प्रश्न उठ्दै आएको छ। चितवनमा सम्पन्न विस्तारित बैठकमा परियारले विशेष महाधिवेशनको माग समेत प्रस्तुत गरेका थिए।

यसअघि रास्वपाकी केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडिसकेकी थिइन्।