२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा नेता सन्तोष परियारद्वारा पार्टी परित्याग



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्।

पार्टीभित्र माग गर्दै आएको नेतृत्व परिवर्तनको बहसले तीव्रता लिँदै गर्दा उनले राजीनामा दिएर छुट्टै अभियान सुरु गर्ने तयारी गरेका हुन्।

परियारले पार्टीको साधारण सदस्यताबाट दिएको राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन्।

स्रोतका अनुसार उनी अब नयाँ अभियानमार्फत अघि बढ्ने तयारी गरेको बताइएको छ ।

पछिल्लो समय रास्वपाभित्र नेतृत्वसम्बन्धी प्रश्न उठ्दै आएको छ। चितवनमा सम्पन्न विस्तारित बैठकमा परियारले विशेष महाधिवेशनको माग समेत प्रस्तुत गरेका थिए।

यसअघि रास्वपाकी केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडिसकेकी थिइन्।