१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

सिरिजङ्गा गोल्डकप मङ्सिर अन्तिम सातादेखि

सिरिजङ्गा गोल्डकप मङ्सिर अन्तिम सातादेखि
अ अ+ अ-

ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा अन्तरराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला सञ्चालन हुने भएको छ । आगामी मङ्सिर २३ गतेदेखि २९ गतेसम्म प्रतियोगिता र मेलाको आयोजना गरिने भएको हो ।

किराँत लिम्बू लिपिका प्रचारक तथा सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको जन्मजयन्तीको अवसर पारेर ‘सिरिजङ्गा मेला’ सहित गोल्डकप आयोजना गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

तेल्लोक स्पोर्टिङ क्लबको अग्रसरता र तेअङ्सी सिरिजङ्गा स्मृति संस्थाको संरक्षकत्वमा उक्त प्रतियोगिता र मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार खेलकुदका माध्यमबाट सिरिजङ्गा गाउँपालिका तथा यस क्षेत्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्नुका साथै स्थानीय खेलाडीलाई व्यावसायिक फुटबलतर्फ उन्मुख गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगितामा तेल्लोक स्पोर्टिङ क्लब (ताप्लेजुङ), न्यू स्टार फुटबल क्लब (झापा), पारिजात सङ्घ फुटबल क्लब (सिलिगुढी, भारत), रेड हर्ष फुटबल क्लब (इलाम), वाईवाई पाँचथर फुटबल क्लब (पाँचथर) र साँगुरीगढी फुटबल क्लब (धनकुटा) मरिक एफसी धरान, म्याग्लुङ स्पोर्टिङ क्लब तेह्रथुमसहित आठ टिम सहभागी हुने छन् ।

विजेता टिमले नगद रु तीन लाख ३२१, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाख ५० हजार ३२१, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । गोल्डकपमा विभिन्न विधागत पुरस्कारहरू प्रदान गरिने जनाइएको छ । रासस