५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य



अ+ अ-

काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री औपचारिक रूपमा सुरु गरेको छ।

मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने प्रतियोगिताका लागि दर्शकले विभिन्न दरमा टिकट खरिद गर्न सक्ने भएका छन्।

साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि रु. ५०० तोकिएको छ भने अन्य दिनका खेलका लागि पनि ५०० रुपैयाँ नै तोकिएको छ । प्लेअफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ ।

यस्तै प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य १००० रुपैयाँ छ ।

टिकेटहरू एनपीएलको टिकेटिङ पार्टनर खल्ती बाइ आईएमईमार्फत् लिन सकिने क्यानको भनाइ छ।