१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ



अ+ अ-

सिन्धुली। तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा) हत्या प्रकरणमा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार यही कात्तिक १७ गते दिउँसो १२ बजे घरबाट हराएकी ४० वर्षीया छत्रकुमारीको शव कात्तिक २१ गते तीनपाटन गाउँपालिका–१ सिसौघारीमा फेला परेको थियो ।

कात्तिक १८ गते इलाका प्रहरी कार्यालय बेलघारीमा तिलकबहादुर लकाइले दिएको उजुरीका आधारमा प्रहरीको टोलीले खोजतलास गर्दा घाँटीमा सलले बेरिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदील जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक सुवेदीका अनुसार घटनामा संलग्न भएको आरोपमा सुरज भन्ने सूर्यबहादुर कामीलाई दाङको लमही नगरपालिका–५ बसपार्क क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुली ल्याइएको हो भने निरन भनिने टङ्कबहादुर कामीलाई दुधौली नगरपालिका–९ बाट पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

मृतक छत्रकुमारीको मोबाइल फोन प्रहरीले बरामद गरेको छ । शव परीक्षण प्रतिवेदनमा उहाँको मृत्यु सलले ‘घाँटी थिची’ गरिएको देखिएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ । रासस