१५ श्रावण २०८३, शुक्रबार
,
Latest
स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा वेस्ट ब्याङ्कबाट २५ जना प्यालेस्टिनी पक्राउ



अ+ अ-

जेरुसेलम। इजरायली कब्जा बल (आइओएफ) ले बिहीबार वेस्ट ब्याङ्कमा व्यापक गिरफ्तारी, छापा र हिंसात्मक अभियान सुरु गरी २५ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ ।

आइओएफले दक्षिणी अल–खलिलमा छापा मार्दा डुरा सहरमा १८ जना नाबलुसको दक्षिणमा बेइता र क्यारिउट गाउँहरूमा अन्य चार जना र तुलकार्मको उत्तरमा डेर अल–घुसुन सहरमा तीन जना प्यालेस्टिनी युवाहरूलाई पक्राउ गरेको प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए) ले रिपोर्ट गरेको छ ।

अभियानको क्रममा, आइओएफले जेरुसेलम (अल–कुद्स) को उत्तरपश्चिममा रहेको अल–कुबायबा सहरको एउटा पार्क क्षतिग्रस्त बनाएको बताइएको छ ।

गिरफ्तारी वेस्ट बैङ्क क्षेत्रमा इजरायली कब्जा बलले सुरु गरेको प्यालेस्टिनी नागरिक विरुद्धको अभियान तथा नीतिको कार्यन्ययनको रूपमा अगाडी बढाइएको जनाइएको छ । जसको उद्देश्य प्यालेस्टिनीहरूलाई त्रसिद बनाउनु उनीहरूको आवागमनलाई प्रतिबन्धित गर्नु, जीवन यापन असहज बनाई बर्हिगमनको लागि बाध्य पार्नु र कैदीहरूलाई रिहा गर्नु रहेको जनाइएको छ ।रासस/क्यूएनए)




भर्खरै