१५ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी र मधेसको अवस्थाबारे सभापति थापाले गरे पार्टी नेतासँग छलफल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कोशी र मधेस प्रदेशको पछिल्लो राजनीतिक तथा सामाजिक अवस्थाबारे पार्टीका नेता तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ ।

सभापति थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसँग प्रत्यक्ष रूपमा तथा जुममार्फत कोशी र मधेस प्रदेश सरकारका प्रतिनिधि, स्थानीय सरकारका प्रमुख तथा जिल्ला र पालिका तहका पार्टी नेतृत्वसँग छलफल गर्नुभएको हो ।

छलफलका क्रममा दुवै प्रदेशमा देखिएका पछिल्ला घटनाक्रम, स्थानीयस्तरको अवस्था तथा शान्ति–सुरक्षा कायम गर्न पार्टीले खेल्नुपर्ने भूमिकाबारे जानकारी लिइएको बताइएको छ । सभापति थापाले स्थानीय तहसम्मको वस्तुस्थितिबारे जानकारी लिँदै आवश्यक समन्वय र सहकार्यका लागि निर्देशनसमेत दिनुभएको छ ।