९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश



अ+ अ-

काठमाडौँ । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।

बिहीबार उच्च अदालत बुटवलमा न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मिसिल झिकाउने (थप प्रमाण माग गर्ने) आदेश दिएको हो । अदालतले यसअघि जिल्ला अदालतले पठाएको फाइलका साथै सम्बन्धित प्रमाणसमेत माग गर्दै मुद्दाको थप अध्ययन गर्ने तयारी गरेको जनाएको छ ।

लामिछाने र जोशीविरुद्ध सहकारी निक्षेपकर्ताको रकम दुरुपयोग तथा ठगी गरेको अभियोगमा मुद्दा दायर भएको छ । उनीहरू हाल न्यायिक हिरासतमा रहेका छन् ।

मिसिल झिकाउने आदेशसँगै अब उक्त मुद्दाको सुनुवाइ अगाडि बढ्ने र अदालतले दुवै पक्षका तर्कका आधारमा निर्णय गर्ने तयारी गरेको बुझिएको छ ।