२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश



अ+ अ-

काठमाडौँ । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।

बिहीबार उच्च अदालत बुटवलमा न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मिसिल झिकाउने (थप प्रमाण माग गर्ने) आदेश दिएको हो । अदालतले यसअघि जिल्ला अदालतले पठाएको फाइलका साथै सम्बन्धित प्रमाणसमेत माग गर्दै मुद्दाको थप अध्ययन गर्ने तयारी गरेको जनाएको छ ।

लामिछाने र जोशीविरुद्ध सहकारी निक्षेपकर्ताको रकम दुरुपयोग तथा ठगी गरेको अभियोगमा मुद्दा दायर भएको छ । उनीहरू हाल न्यायिक हिरासतमा रहेका छन् ।

मिसिल झिकाउने आदेशसँगै अब उक्त मुद्दाको सुनुवाइ अगाडि बढ्ने र अदालतले दुवै पक्षका तर्कका आधारमा निर्णय गर्ने तयारी गरेको बुझिएको छ ।