२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समिति गठन



अ+ अ-

काठमाडौँ । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको छ।

आज (बिहीबार)काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अभियानका नेता सुदन किराँतीले समितिको घोषणा गरेका हुन्।

अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ । यस्तै, अभियानले भ्रष्टाचार, विभेद र असमानतालाई मुख्य शत्रुका रूपमा परिभाषित गर्दै तिनमाथि विजय प्राप्त गर्ने लक्ष्य सार्वजनिक गरेको छ।

साथै, सांस्कृतिक समानतामा आधारित समाज निर्माण र नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

अभियानले सबै अग्रगामी आन्दोलनका सहिद, घाइते र बेपत्ता योद्धाहरूको सपना पूरा गर्ने संकल्प व्यक्त गर्दै, निर्वाचनलाई जुनसुकै मूल्यमा सफल बनाउने योजना अघि सारेको छ।

नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर रहेको भन्दै ट्रयाकमा फर्काउन निर्वाचनको विकल्प नभएको नेता किराँतीले बताए । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुन नसक्ने उहाँको भनाइ छ । आगामी निर्वाचनबाट विगत ३५ वर्ष यता सत्तामा रहेका अनुहारलाई विस्थापन गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फागुन २१ गते कुनैपनि हालतमा निर्वाचन हुनैपर्छ । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर छ । त्यसलाई हामीले ट्रयाकमा फर्काउनैपर्छ । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुनै सक्दैन । त्यो निर्वाचनमा एउटै अनुहार विगत ३५ वर्षदेखि एउटै अनुहार म्युजिकल चियरको रुपमा गेम खेलिरहेका अनुहारलाई नेपाली जनतासँग एकतावद्ध भएर बिदा गर्नेछौँ । ’

किराँतीले नेपालमा असमानता, गरिबीको अन्त्य गर्न चाहनेहरुसँग एकता हुने बताउनु भयो । नेपाली कम्युनिष्ट पार्टीसँग कुनै एकता नहुने उहाँको दाबी छ ।

आजको आवश्यकता रुपान्तरण र पुस्तान्तरणको भएको बताउनु भयो । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजवाद, शहीद लगायतको नाममा आफ्नो स्वार्थपूर्ति गर्ने काम गर्नुभएको आरोप लगाउनु भयो ।