२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समिति गठन



अ+ अ-

काठमाडौँ । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको छ।

आज (बिहीबार)काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अभियानका नेता सुदन किराँतीले समितिको घोषणा गरेका हुन्।

अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ । यस्तै, अभियानले भ्रष्टाचार, विभेद र असमानतालाई मुख्य शत्रुका रूपमा परिभाषित गर्दै तिनमाथि विजय प्राप्त गर्ने लक्ष्य सार्वजनिक गरेको छ।

साथै, सांस्कृतिक समानतामा आधारित समाज निर्माण र नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

अभियानले सबै अग्रगामी आन्दोलनका सहिद, घाइते र बेपत्ता योद्धाहरूको सपना पूरा गर्ने संकल्प व्यक्त गर्दै, निर्वाचनलाई जुनसुकै मूल्यमा सफल बनाउने योजना अघि सारेको छ।

नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर रहेको भन्दै ट्रयाकमा फर्काउन निर्वाचनको विकल्प नभएको नेता किराँतीले बताए । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुन नसक्ने उहाँको भनाइ छ । आगामी निर्वाचनबाट विगत ३५ वर्ष यता सत्तामा रहेका अनुहारलाई विस्थापन गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फागुन २१ गते कुनैपनि हालतमा निर्वाचन हुनैपर्छ । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर छ । त्यसलाई हामीले ट्रयाकमा फर्काउनैपर्छ । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुनै सक्दैन । त्यो निर्वाचनमा एउटै अनुहार विगत ३५ वर्षदेखि एउटै अनुहार म्युजिकल चियरको रुपमा गेम खेलिरहेका अनुहारलाई नेपाली जनतासँग एकतावद्ध भएर बिदा गर्नेछौँ । ’

किराँतीले नेपालमा असमानता, गरिबीको अन्त्य गर्न चाहनेहरुसँग एकता हुने बताउनु भयो । नेपाली कम्युनिष्ट पार्टीसँग कुनै एकता नहुने उहाँको दाबी छ ।

आजको आवश्यकता रुपान्तरण र पुस्तान्तरणको भएको बताउनु भयो । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजवाद, शहीद लगायतको नाममा आफ्नो स्वार्थपूर्ति गर्ने काम गर्नुभएको आरोप लगाउनु भयो ।