१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

खेलकुद तथा व्यापार महोत्सवमा ‘लण्डन ब्रिज’को रौनक

खेलकुद तथा व्यापार महोत्सवमा ‘लण्डन ब्रिज’को रौनक
अ अ+ अ-

चितवन। चितवनको नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत् व्यापारिक महोत्सवमा निर्माण गरिएको नमुना ‘लण्डन ब्रिज’ अहिले महोत्सवको मुख्य आकर्षण बनेको छ । प्रवेशद्वारमै तयार गरिएको उक्त संरचना अगाडि फोटो खिच्ने र रमाइलो गर्ने दर्शकको भीड लाग्ने गरेको छ ।

आयोजकका अनुसार, महोत्सवमा प्रवेश गर्नुअघि पुल अगाडि रोकिने, तस्बिर खिच्ने र अवलोकन गर्नेक्रम दिनप्रतिदिन बढ्दै गएको छ । फरकपन र सौन्दर्य थप्ने उद्देश्यले तयार गरिएको यो संरचनाले दर्शकको ध्यान तानेको हो । दर्शकलाई नयाँ अनुभव दिलाउने र व्यापारिक रौनकसँगै सांस्कृतिक आकर्षण पनि प्रस्तुत गर्ने उद्देश्यले ‘लण्डन ब्रिज’को कन्सेप्ट ल्याइएको महोत्सवका संयोजक विकल क्षेत्रीले बताउनुभयो ।

क्षेत्रीका अनुसार दर्शकको प्रतिक्रिया निकै सकारात्मक छ । उहाँले भन्नुभयो, “फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा पनि यही नमुना पुलका तस्बिरहरू व्यापक रूपमा भाइरल भएका छन् ।” परीक्षणका रूपमा सुरु गरिएको यो परिकल्पना अत्यन्त सफल भएको उल्लेख क्षेत्रीले दर्शकहरू टाढाटाढाबाटसमेत उक्त संरचना अवलोकनका लागि आउने गरेको बताउनुभयो ।

साथै, महोत्सव परिसरमा दुबईको बुर्ज खलिफा र पेरिसको आइफेल टावरलगायत विश्वप्रसिद्ध संरचनाको दृश्य पनि सजाइएको छ ।
संयोजक क्षेत्रीले भन्न्ुभयो, “यो महोत्सव केबल व्यापारिक मात्र होइन, खेलकुदलाई पनि उत्थान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।” उहाँले खेलाडीको मनोबल बढाउन दर्शकलाई खेल हेर्दा उत्साहपूर्वक हौसला दिन आग्रह गर्नुभयो ।

आयोजक चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले समग्र खेल जगत्लाई चलायमान बनाउन, खेल क्षेत्रको आर्थिकस्तर उकास्न तथा खेलाडीको मनोबल र हौसला बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।

उहाँले दर्शकलाई नयाँ र आकर्षक अनुभूति दिलाउन महोत्सवमा विशेष आकर्षणका रूपमा लण्डन ब्रिजको नमुना प्रवेशद्वार निर्माण गरिएको जसले दर्शक र व्यापार दुवैमा वृद्धि गरेको बताउनुभयो ।

अध्यक्ष कार्कीले भन्नुभयो, “महोत्सवबाट खर्च कटाएर बचत भएको रकम जिल्लाको खेल क्षेत्रको विकास र प्रवद्र्धनमा खर्च गरिनेछ ।” उहाँले थप्नुभयो, “व्यावसायिक तथा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको छ, जसले स्थानीय खेलाडी र प्रतिभा विकासमा योगदान पु¥याउनेछ ।” महोत्सवमा विगतका र नयाँ पुस्ताका खेलाडीलाई सम्मान गर्दै आएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

अहिलेसम्म भलिबल र कराते प्रतियोगिता सम्पन्न भइसकेका छन् । जारी महोत्सवमा तेक्वान्दो, कबड्डी, सेपाकताक्रो, बुद्धिचाल, एथलेटिक्सलगायतका खेल प्रतियोगिता पनि सञ्चालन हुनेछन् । अध्यक्ष कार्कीले खेल जगत्को हौसला बढाउनुका साथै व्यावसायिक दृष्टिले पनि लाभदायी बन्ने भएको यसले खेलाडीको मनोबल उच्च राख्न ठूलो भूमिका खेल्ने बताउनुभयो ।

मङ्सिर २ गतेसम्म चल्ने महोत्सवमा खेल प्रतियोगितासँगै खेलको प्रवद्र्धन, व्यावसायिक विभिन्न कक्षहरू, उद्यान सजावट तथा विभिन्न देशविदेशका संरचनाका नमुना राखी प्रदर्शन गरिएको छ ।