१५ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा समावेश गराउन माग



अ+ अ-

काठमाडौँ।  महिला स्वास्थ्य स्वयंसेविकालाई श्रमिकको मान्यता दिई मर्यादित पेसाका रुपमा स्थापित गरेर सामाजिक सुरक्षा कोषमा समावेश गरिनुपर्नेमा जोड दिइएको छ ।

‘पब्लिक सर्भिस इन्टरनेशनल’ले आज राजधानीमा आयोजना गरेको महिला सामुदायिक स्वास्थ्यकर्मीका सवाल विषयक छलफल कार्यक्रममा ट्रेड युनियन सङ्गठनका नेताहरुले कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाले गरेको एउटै कामलाई फरक रुपमा मूल्याङ्कन गर्नु नहुनेमा जोड दिएका हुन् ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रबहादुर कुँवरले महिला स्वास्थ्य स्वयंसेविकाको नाम परिवर्तन गरी श्रम कानुनसँग जोडेर सरकारले तोकेको न्यूनतम् पारिश्रमिकलगायत सेवा सुविधा दिन पहल गरिनुपर्ने बताउनुभएको थियो ।

हाल देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेको उल्लेख गर्दै उहाँले तिनलाई प्रक्रिया पु¥याएर नियुक्ति दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले प्रत्येक पालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा फरक–फरक रहेको उल्लेख गर्दै सुगम र दुर्गमका महिलालाई पनि समान सुविधा एवं अवसर दिनुपर्ने बताउनुभयो । यसका लागि कानुन संशोधन गरी अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्व सांसद एवं श्रमिक नेता रमा कोइराला पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाकै कारण मातृ शिशु मृत्युदर घटेको उल्लेख गर्नुहुँदै श्रमिकको मान्यता दिनुपर्ने बताउनुभयो । रासस