२१ असार २०८३, आईतवार
,
Latest
लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमाको आम निर्वाचनमा महिलाको सहभागिता बढ्दै



अ+ अ-

याङ्गुन। म्यानमाको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्को सूचना टोलीका अनुसार आगामी २०२५ को आम निर्वाचनमा कुल एक हजार एक सय त्रियासी महिला उम्मेदवारहरू प्रतिस्पर्धामा सहभागी हुने भएका छन्।

अघिल्ला निर्वाचनहरूसँग तुलना गर्दा यसपटक महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको देखिन्छ। सन् २०२० मा नौ सय आठ र सन् २०१५ मा सात सय उनान्नब्बे महिला उम्मेदवार थिए।

संघीय निर्वाचन आयोगका सदस्य खिन माउङ ऊका अनुसार, अनुपातिक प्रतिनिधित्व प्रणाली लागू भएदेखि महिलाहरू राजनीतिमा सहजै प्रवेश गर्न सक्ने वातावरण बनेको छ, जसले उनीहरूलाई उम्मेदवार बन्न प्रोत्साहित गरेको हो।

लोकतान्त्रिक पार्टीकी अध्यक्ष थान थान नुले भन्नुभयो, “राजनीतिमा महिलाको बढ्दो सहभागिता निकै सकारात्मक कदम हो। महिलाहरू घरपरिवारका आवश्यकता र बढ्दो वस्तु मूल्यबारे सजग छन् र संसदमा गएर यस विषयमा सहयोग पुर्‍याउन सक्षम हुने विश्वास राख्छन्।”

उहाँका अनुसार उनको पार्टीबाट १४ जना उम्मेदवार प्रतिस्पर्धामा रहनेछन्, जसमा आधा महिला छन्। म्यानमाको संविधानले सबै नागरिकलाई लिङ्ग, जाति वा धर्मको आधारमा समान अधिकार सुनिश्चित गरेको छ। यद्यपि परम्परागत संस्कार र सामाजिक चलनका कारण महिलाको राजनीतिक सहभागिता लामो समयसम्म न्यून रहँदै आएको छ।

सूचना टोलीका अनुसार, आगामी निर्वाचनहरूमा महिलाहरूको सहभागिता अझ बढाउन निरन्तर प्रयास गरिनेछ। म्यानमाको बहुदलीय लोकतान्त्रिक आम निर्वाचन पुस १३ गतेदेखि चरणबद्ध रूपमा सुरु हुने तय गरिएको छ। (रासस/सिन्ह्वा)