२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी



अ+ अ-

बैतडी। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकोटी क्रिकेट क्लब विजयी भएको छ । पञ्चकोटीले  कालाशैनी क्रिकेट क्लबलाई २०६ रनले जितेको हो ।

जितका लागि २८३ रनको लक्ष्य पछ्याएको कालाशैनीको पारी १७ दशमलव ३ ओभरमा ७६ रनमा समेटियो । उसका लागि दिनेश चन्दले अविजित ३४ रन जोडे । बलिङतर्फ पञ्चकोटीका कमल बुडालले ४ विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पञ्चकोटीले ३६ ओभरमा सवै विकेट गुमाउँदै २८२ रन बनायो । उसका लागि लोकेन्द्र चन्द र जीवन कार्कीले अर्धशतकीय पारी खेले ।

लोकेन्द्रले  ९३ र जीवनले ६४ रनको योगदान दिए । यस्तै सुदीप कार्कीले अविजित ३४ रन बनाए ।  लोकेन्द्रलाई प्लेयर अफ दी म्याच घोषित गरिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए । बलिङतर्फ कालाशैनीका पङ्कज चन्द र टेकेन्द्र चन्दले चार चार विकेट लिए ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १२ टोली सहभागी छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।

प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने सङ्घका जिल्ला अध्यक्ष विनोदबहादुर चन्दले बताए । रासस