२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशका नवनियुक्त प्रमुख कर्णले लिए पद तथा गोपनियताको शपथ



अ+ अ-

काठमाडौं । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

मंगलवार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको हो । सरकारले सुमित्रा भण्डारीलाई प्रदेशमा असंवैधानिक काम गरेको आरोप लगाउँदै सोमवार बसेको मन्त्रीपरिषद् बैठकले बर्खास्ती गरेको थियो ।

साथै मन्त्रीपरिषद्को बैठकले सोमवार नै कर्णलाई नियुक्त गरेको थियो । कर्णले राष्ट्रपति पौडेलसँग मंगलवार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको छ ।