काठमाडौं । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
मंगलवार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको हो । सरकारले सुमित्रा भण्डारीलाई प्रदेशमा असंवैधानिक काम गरेको आरोप लगाउँदै सोमवार बसेको मन्त्रीपरिषद् बैठकले बर्खास्ती गरेको थियो ।
साथै मन्त्रीपरिषद्को बैठकले सोमवार नै कर्णलाई नियुक्त गरेको थियो । कर्णले राष्ट्रपति पौडेलसँग मंगलवार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको छ ।









