१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पटक विवाह गरेका धर्मेन्द्र छ सन्तानका पिता, यस्तो छ उनको परिवार



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र अहिले धेरै बिरामी छन्। केही समयअघि उनको निधन भएको हल्ला चलेको थियो, तर ती हल्लालाई अभिनेत्री ईशा देओल र हेमा मालिनीले गलत बताएकी छन्।

यस्तोमा धर्मेन्द्रका प्रशंसकहरू उनका परिवारबारे जान्न चाहिरहेका छन्। धर्मेन्द्रको परिवार बलिउडका सबैभन्दा ठूला परिवारमध्ये एक हो। उनले दुईवटा विवाह गरेका छन् र उनका जम्मा छ जना सन्तान छन्।

धर्मेन्द्रको पहिलो विवाह


प्रसिद्ध अभिनेता धर्मेन्द्रले १९ वर्षको उमेरमा सन् १९५४ मा प्रकाश कौरसँग पहिलो विवाह गरेका थिए। त्यतिबेला उनले बलिउडमा आफ्नो करियर सुरु गरेका थिएनन्। प्रकाश कौरसँग धर्मेन्द्रका दुई छोरा र दुई छोरी छन्, अर्थात् उनी चार सन्तानका पिता बने।

पहिलो पत्नीका सन्तानहरू


धर्मेन्द्रका पहिलो पत्नी प्रकाश कौरबाट भएका सन्तानहरूका नाम सनी देओल, बोबी देओल, विजेता देओल र अजीता देओल हुन्। सनी देओल र बोबी देओल बलिउडका चर्चित अभिनेता हुन्। उनका दुवै बहिनीहरू विजेता र अजीता देओल भने चर्चाबाट टाढा रहन्छन्। धर्मेन्द्र र उनकी पहिलो पत्नीका सबै सन्तान स्थिर जीवन बितािरहेका छन्।

धर्मेन्द्रको दोस्रो विवाह

धर्मेन्द्रले पहिलो पत्नी प्रकाश कौरसँग डिभोर्स नगरी सन् १९८० मा अभिनेत्री हेमा मालिनीसँग विवाह गरेका थिए। हेमा मालिनी धर्मेन्द्रभन्दा १३ वर्ष कान्छी हुन्। विवाहपछि उनीहरूको दुई छोरीहरू भए — ईशा देओल र अहाना देओल।

सनी देओलको परिवार


धर्मेन्द्रका जेठा छोरा सनी देओल हुन्। उनकी पत्नी पूजा देओल हुन्, जो मिडियाबाट टाढा रहन्छिन्। उनीहरूका दुई छोरा छन् — करण देओल र राजवीर देओल। दुवै छोराहरू बलिउडमा आफ्नो करियर सुरु गर्ने तयारीमा छन्।

बोबी देओलको परिवार


धर्मेन्द्रका दोस्रो छोरा बोबी देओल हुन्। उनले आफ्नो बाल्यकालकी साथी तान्या आहुजासँग विवाह गरेका छन्। उनीहरूका दुई छोरा छन् — आर्यमन देओल र धरम देओल।

विजेता र अजीता


धर्मेन्द्रकी दुई छोरी विजेता र अजीता देओल कहिलेकाहीँ पारिवारिक समारोहहरूमा मात्र देखिन्छन्। विवाहपछि दुवै विदेशमा बसोबास गर्छन्। उनीहरू दुवै सामाजिक सञ्जालमा सक्रिय छन् र दुवैकी दुई(दुई सन्तान छन्।

ईशा देओल


हेमा मालिनी र धर्मेन्द्रकी जेठी छोरी ईशा देओल हुन्। उनले बलिउडमा पनि अभिनय गरेकी छन्। उनले सन् २०१२ मा व्यापारी भरत तख्तानीसँग विवाह गरेकी थिइन्, तर अहिले उनीहरू छुटिसकेका छन्। ईशाका दुई छोरीहरू छन् — राध्या र मिराया।

अहाना देओल
धर्मेन्द्र र हेमा मालिनीकी कान्छी छोरी अहाना देओल हुन्। उनले व्यापारी वैभव वोहरासँग विवाह गरेकी छन्। उनीहरूका तीन सन्तान छन्।