७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन: सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन: सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् । 

पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी छ । शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपनि एकाएक कार्यतालिका अनुसारको प्रक्रिया रोकी सहमतीमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडी बढाइएको छ । चुनावी प्रक्रियाबाट सिंगो केन्द्रीय कमिटी र पार्टी नेतृत्वको चयन गर्नुपर्ने मत पनि बन्दसत्रमा उठेको भएपनि बढीभन्दा बढी प्रतिनिधिहरुले भने पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनका लागि सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । महाधिवेशनका प्रतिनिधि चक्रपाणि शर्मा सर्वसम्मतीमा नेतृत्व चयन गर्ने पार्टीले निर्णय गरेमा स्वीकार गर्नुपर्ने बताउनुहुन्छ । पार्टीभन्दा बाहिर गएर नहुने भन्दै पार्टीले छलफल गरेरै टुंग्याउने उहाँले बताउनुभयो ।

प्रतिनिधि डा. कृष्णप्रसाद खनाल माओवादी पार्टी भित्र चुनावको संस्कार विकसित नभएको अवस्थामा सर्वसम्मत रुपले कमिटी निर्माण गर्नुपर्ने बताउनुहुन्छ । पार्टीले संगठित रुपमा आकार नलिइरहेको अवस्थामा चुनाव गर्नु नहुने पक्षमा उहाँको मत छ । चुनाव गराउनु भनेको गुटबन्दीको सिर्जना गर्नु हुने उहाँको तर्क छ ।

प्रतिनिधि लिलाधर खनाल भने प्रतिस्पर्धा भएमा पार्टी स्वच्छ र मजबुद बन्ने बताउनुहुन्छ । प्रतिस्पर्धाबाट आएमा नेताहरुले आफ्नो क्षमता देखाएर अगाडी बढ्न सक्ने उहाँले बताउनुभयो ।
त्यसैगरी, प्रतिनिधि परशुराम रिमालले पार्टीले चुनाव नै गरेपनि विद्यमान प्रणालीभन्दा फरक प्रकारको जनवादी चुनावको अभ्यास गर्नुपर्ने बताउनुभयो । हाल माओवादी केन्द्रको कार्यकर्तामा चुनावमा जाने खालको चेतना नभएको भन्दै उहाँले चुनाव गरे पार्टी नबन्ने उहाँले बताउनुभयो । सहमती, सहकार्यबाट मात्रै पार्टी गतिलो बन्ने उहाँले बताउनुभयो ।

प्रतिनिधि विरबहादुर रायमाझी पार्टीमा सक्रिय र इमान्दार कार्यकर्ताले ठाउँ पाउनुपर्ने बताउनुहुन्छ । चुनाव भएमा पैसावाल मान्छेहरुको हालिमुहाली हुने भएकाले चुनाव गर्नु नहुने उहाँको भनाई छ । चुनावी प्रणालीलाई नमान्ने उहाँको भनाई छ ।

प्रतिनिधि टेकनाथ न्यौपाने पनि चुनावको लडाइँ भन्दा पार्टीलाई सर्वसम्मत् रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुहुन्छ । उहाँले चुनावलाई केवल जित र हारको संज्ञा दिदैँ सर्वसम्मतीमा कसैले जित्ने हार्ने नहुने टिप्पणी गर्नुभयो । पार्टीलाई बलियो बनाउन चुनावको विकल्प खोज्नुपर्ने उहाँले बताउनुभयो ।