२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’



अ+ अ-

जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखलाई शपथ ग्रहणका लागि दबाब दिएको खुलासा गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नियुक्ति संविधानअनुसार भएको दाबी गर्दै शपथ गराउन दबाब दिएको कुरा स्वीकार गरे।

‘अन्य दलले तपाईंलाई घेर्छ भने हामी पनि घेर्छौं,’ यादवले भने, ‘तपाईंले नियुक्ति गरेर अन्योल सिर्जना गरेर जान पाउनुहुन्न। जहाँ हुनुहुन्छ, मलाई त्यहीँ शपथ ग्रहण गराइदिनु भनेको हुँ।’

उनका अनुसार तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका थिए। त्यसपछि आफू वैधानिक रूपमा नियुक्त भएको यादवको दाबी छ। ‘त्यही प्रदेश प्रमुखले सोनललाई नियुक्त गर्दा सही मानिएको भए, मेरो नियुक्ति पनि वैधानिक हो,’ उनले भने।

अर्को प्रसंगमा यादवले कसैले प्रदेशसभा विघटनको सल्लाह नदिएको बताएका छन्। ‘यदि कसैले दिएको भए पनि अस्वीकार गर्ने थिएँ,’ उनले स्पष्ट पारे। यादवका अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गर्नु सरकारको नियतले प्रेरित कदम हो, जसले संघीयतामाथि थप संशय उत्पन्न गर्न सक्छ।

यादवले पहिलो पटक नै विश्वासको मत असफल भएपछि १६८ धारा (३) अनुसार आफू नियुक्त भएको तर्क दोहोर्‍याए। जेन–जी आन्दोलनका क्रममा मुख्यमन्त्री कार्यालयमा आगजनी भएकाले पदभार ग्रहण प्रक्रिया सम्पन्न हुन नसकेको उनको भनाइ छ।

यस्तै, उनले सर्वोच्च अदालतले जे निर्णय गर्छ, आफू त्यसलाई स्वीकार गर्ने पनि बताए।