२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाध्यात्मक अवस्थामा बनेको मुख्यमन्त्रीबाट संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै आघात हुँदैनः मुख्यमन्त्री यादव



अ+ अ-

काठमाडौँ ।  मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको अवस्थालाई हेरेर बाटोमै शपथ ग्रहण गरेको बताउनुभएको छ ।

सञ्चारकर्मीहरुसँग सोमवार साँझ जनकपुरधाममा कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधानले दिएको अधिकारअनुसार आफू मुख्यमन्त्री भएको जिकिर गर्नुभयो । प्रदेश प्रमुख सुमित्रा भण्डारी बिरामी भएर काठमाडौं निस्किएपछि प्रदेशको र अहिलेको अवस्थालाई मध्यनजर गरी आफूले नै बाटोमै भएपनि नियुक्ति दिइसकेपछि शपथ ग्रहण गराउन आग्रह गरेको बताउनु भयो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हिसावले आफू मुख्यमन्त्री भएको र यो कुनै पूर्वयोजना नरहेको बताउनु भयो । बाध्यात्मक अवस्थामा बनेको मुख्यमन्त्रीबाट संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै आघात नहुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश प्रमुख बिरामी भएर काठमाडौं हिँडिसक्नुभयो भन्ने थाहा पाएपछि मैले फोन गरेँ, मान्य प्रदेश प्रमुख ज्यु तपाईं मलाई शपथ नखुवाई जान सक्नुहुन्न । म त बिरामी भएँ, कार्यवाहक मुख्यमन्त्रीज्युलाई भनेको छु भन्नुभयो । नियुक्ति दिने अनि शपथ नगराउने ? शपथ्रहण गराएर जानुप¥यो । तपाईं कहाँ हुनुहुन्छ, त्यहीँ आउँछु, त्यहीँ शपथ ग्रहण गराउनुस् भन्ने परिवेशमा उत्पन्न भएको शपथ ग्रहणको समय हो । सतिश सिंहजीको शपथ ग्रहण कहाँ भएको थियो ? सरोज यादवजीको शपथग्रहण कहाँ भएको थियो ? मुख्यमन्त्रीजीको कार्यालय अगाडि पट्टि भएको होइन ? त्यो भन्दा अघिल्लो मुख्यमन्त्रीजीको कहाँ भएको थियो ? प्रदेश कार्यालयमा भएको थियो । तीन जना मुख्यमन्त्रीको शपथग्रहण फरक फरक ठाउँमा भएकै हो त । एकै ठाउँमा हुनुपर्ने जरुरी छैन नि त ।’

मुख्यमन्त्री यादवले नियुक्त मुख्यमन्त्रीले शपथग्रहण नगरेसम्म कार्यवाहक मुख्यमन्त्री नै नेतृत्वमा रहने भएकाले अहिलेको स्थितिलाई हेरेर शपथ ग्रहणका लागि आफू बाटोमै पुगेको बताउनु भयो । आफू ठूलो दलको नेताको हैसियतले आफू मुख्यमन्त्री भएको बताउनु भयो ।




भर्खरै