१९ मंसिर २०८२, शुक्रबार
,
Latest
एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाध्यात्मक अवस्थामा बनेको मुख्यमन्त्रीबाट संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै आघात हुँदैनः मुख्यमन्त्री यादव



अ+ अ-

काठमाडौँ ।  मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको अवस्थालाई हेरेर बाटोमै शपथ ग्रहण गरेको बताउनुभएको छ ।

सञ्चारकर्मीहरुसँग सोमवार साँझ जनकपुरधाममा कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधानले दिएको अधिकारअनुसार आफू मुख्यमन्त्री भएको जिकिर गर्नुभयो । प्रदेश प्रमुख सुमित्रा भण्डारी बिरामी भएर काठमाडौं निस्किएपछि प्रदेशको र अहिलेको अवस्थालाई मध्यनजर गरी आफूले नै बाटोमै भएपनि नियुक्ति दिइसकेपछि शपथ ग्रहण गराउन आग्रह गरेको बताउनु भयो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हिसावले आफू मुख्यमन्त्री भएको र यो कुनै पूर्वयोजना नरहेको बताउनु भयो । बाध्यात्मक अवस्थामा बनेको मुख्यमन्त्रीबाट संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै आघात नहुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश प्रमुख बिरामी भएर काठमाडौं हिँडिसक्नुभयो भन्ने थाहा पाएपछि मैले फोन गरेँ, मान्य प्रदेश प्रमुख ज्यु तपाईं मलाई शपथ नखुवाई जान सक्नुहुन्न । म त बिरामी भएँ, कार्यवाहक मुख्यमन्त्रीज्युलाई भनेको छु भन्नुभयो । नियुक्ति दिने अनि शपथ नगराउने ? शपथ्रहण गराएर जानुप¥यो । तपाईं कहाँ हुनुहुन्छ, त्यहीँ आउँछु, त्यहीँ शपथ ग्रहण गराउनुस् भन्ने परिवेशमा उत्पन्न भएको शपथ ग्रहणको समय हो । सतिश सिंहजीको शपथ ग्रहण कहाँ भएको थियो ? सरोज यादवजीको शपथग्रहण कहाँ भएको थियो ? मुख्यमन्त्रीजीको कार्यालय अगाडि पट्टि भएको होइन ? त्यो भन्दा अघिल्लो मुख्यमन्त्रीजीको कहाँ भएको थियो ? प्रदेश कार्यालयमा भएको थियो । तीन जना मुख्यमन्त्रीको शपथग्रहण फरक फरक ठाउँमा भएकै हो त । एकै ठाउँमा हुनुपर्ने जरुरी छैन नि त ।’

मुख्यमन्त्री यादवले नियुक्त मुख्यमन्त्रीले शपथग्रहण नगरेसम्म कार्यवाहक मुख्यमन्त्री नै नेतृत्वमा रहने भएकाले अहिलेको स्थितिलाई हेरेर शपथ ग्रहणका लागि आफू बाटोमै पुगेको बताउनु भयो । आफू ठूलो दलको नेताको हैसियतले आफू मुख्यमन्त्री भएको बताउनु भयो ।