२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा रोटी सेक्नेहरु एमालेका विरुद्धमा छन्ः नेतृ झाँक्री



अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेन—जी पुस्ताको आन्दोलनका नाममा स्वार्थकेन्द्रित काम भइरहेको बताउनुभएको छ ।

सोमवार घर फर्क राष्ट्रिय अभियान कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले यस्तो बताउनुभएको हो । उहाँले जेन जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश भएपनि त्यसमा रोटी सेक्नेहरु धेरै भएको बताउनु भयो । अहिले जेन जी आन्दोलन भर्सेस नेकपा एमाले जस्तो भाष्य खडा गरिएको बताउनु भयो । जेन जी आन्दोलनका स्टक होल्डरहरु नजानिँदो ढंगले आफूलाई दाबी गरेर स्वार्थकेन्द्रित काम गर्न थालेको बताउनु भयो । जेन—जी आन्दोलनमा रोटी सेक्नेहरु एमालेविरुद्धमा खनिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जेन जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश थियो । त्यो सामान्य कुरा थियो । त्यसमा रोटी सेक्नको लागि जुन जुन तत्वहरु सामेल भए, आज फर्केर हेर्दा जेन जी आन्दोलन भर्सेस नेकपा एमाले र त्यसको नेतृत्व उभियो समाजमा । जेन जी आन्दोलनका स्टक होल्डरहरु नजानिँदो ढंगले मान्छेहरुले आफूलाई दाबी गरिहेका छन् । चाहे त्यो माओवादी तत्कालिन पार्टी होस्, नेपाली काँग्रेसको एउटा हिस्सा, राप्रपा होस्, रास्वपा होस् । अन्य प्रकारका स्वतन्त्र अभियान चलाउनेहरु हुन्, समाजमा हेरौँ । जेन जी आन्दोलनमा रोटी सेक्नेहरु आज नेकपा एमालेका विरुद्धमा छन् ।’

नेतृ झाँक्रीले समाज कहाँ जाँदैछ भनेर चिन्ता गर्नुपर्ने बताउनु भयो । क्रान्तिकारी शक्तिहरु अब अल्मल गरेर बस्न नहुने भन्दै एमालेमा फर्किन आह्वान गर्नुभयो । सार्वभौमिकता, सार्वजनिक सम्पती, नागरिक जीवनको रक्षाका लागि नेकपा एमालेमा आउनुपर्ने बताउनु भयो ।