१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएन दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाद्य र प्रहरी महानिरीक्षक खापुङबीच भेटवार्ता



अ+ अ-

काठमाडौं: एनआरएन (गैर आवासीय नेपाली संघ) दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाद्य र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङबीच औपचारिक भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्ता काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी मुख्यालयमा भएको थियो। सो अवसरमा साउथ सुडानको वर्तमान अवस्था, त्यहाँ शान्ति स्थापनार्थ खटिएका नेपाली प्रहरी र सेनाको सुरक्षा स्थिति तथा कार्यसम्पादनबारे छलफल भएको थियो। अध्यक्ष पाद्यले साउथ सुडानमा रहेका नेपाली कम्युनिटी तथा गैर आवासीय नेपालीहरूको अवस्था र उनीहरूको सुरक्षासम्बन्धी जानकारी पनि साझा गरेका थिए।

भेटका क्रममा दुवै पक्षबीच आपसी सहयोग र समन्वय अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। अन्त्यमा, अध्यक्ष पाद्य र महानिरीक्षक खापुङबीच शुभकामना आदान–प्रदान समेत गरिएको थियो।