काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिनुभएको छ ।
आज एक सूचना जारी गर्दे मन्त्री पुनले कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको स्पष्ट पार्नुभएको छ ।
सूचनामा भनिएको छ ‘राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछौं।’











