२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पुनः पक्राउ



अ+ अ-

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक आरोपी ज्ञानबहादुर बम्जन पक्राउ परेका छन्। सिन्धुलीको दुधौली घर भएका बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

प्रहरीका अनुसार बम्जनलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो। जेनजी आन्दोलनका क्रममा उनी प्रहरी हिरासतबाट फरार भएका थिए।

बम्जन कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न रहेर पक्राउ परेका थिए। उनी सो सहकारीका मुख्य अभियुक्त भनिएका जीबी राईका जेठान हुन्।

यसअघि बम्जन पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत संलग्न रहेको र अदालतको आदेशपछि १० लाख रुपैयाँ धरौटीमा रिहा भएको खुलेको प्रहरीले जनाएको छ।