२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पुनः पक्राउ



अ+ अ-

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक आरोपी ज्ञानबहादुर बम्जन पक्राउ परेका छन्। सिन्धुलीको दुधौली घर भएका बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

प्रहरीका अनुसार बम्जनलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो। जेनजी आन्दोलनका क्रममा उनी प्रहरी हिरासतबाट फरार भएका थिए।

बम्जन कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न रहेर पक्राउ परेका थिए। उनी सो सहकारीका मुख्य अभियुक्त भनिएका जीबी राईका जेठान हुन्।

यसअघि बम्जन पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत संलग्न रहेको र अदालतको आदेशपछि १० लाख रुपैयाँ धरौटीमा रिहा भएको खुलेको प्रहरीले जनाएको छ।