२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारु समुदायले काठमाडौंमा पनि मनाए समाचकेवा पर्व



अ+ अ-

काठमाडौं । थारु समुदायले काठमाडौंमा पनि समाचकेवा पर्व मनाएका छन् ।

शनिवार काठमाडौं प्रर्दशनीमार्गस्थित पयर्टन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले सो पर्व हर्षोउल्लासका साथ मनाएका हुन् । कार्यक्रममा थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह चौधरीले सो पर्वको मौलिक परम्पराबारे चर्चा गर्नुभएको थियो । यस पर्वलाई दाजु बहिनीको प्रेमको प्रतिकको रुपमा लिने गरिन्छ ।

मध्य तराईको थारु समुदायले भाईटीका अर्थात गोवद्र्धनपूजाको भोलिपल्टबाट कात्तिक पूर्णिमासम्म १५ दिन यो पर्व मनाउने गर्दछन् । यस पर्वमा दिदीबहिनीले माटोका विभिन्नखाले मूर्तिहरू समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृति बनाएर खेलिने गर्छन् ।

जानकारकाअनुसार द्वापरयुगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जङ्गलमा घुमघाम गर्न जाँदा ऋषिसँग रमन गरेको झुठो कुरा सेविका डिहुलीले भगवान कृष्णसमक्ष लगाएकाले आवेसमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएपछि सामाका भाइ साम्बले सो सुन्नासाथ दिदी सामालाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको पुराणमा उल्लेख छ । भाइले दिदीलाई श्रापबाट मुक्त गराएका सोही दिनदेखि माटाको सामाचकेवा पर्व मनाउन शुरु गरिएको भनाई छ ।