२९ भाद्र २०८३, सोमबार
,
Latest
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो ‘गथांमुगः चःह्रे’ पर्व (फाेटाे फिचर)



अ+ अ-

काठमाडाैँ । सांस्कृतिक शहर भक्तपुरका स्थानीय बासिन्दाहरूले आज परम्परागत ‘गथांमुगः चःह्रे’ (घण्टाकर्ण चतुर्दशी) पर्व हर्षोल्लासका साथ मनाएका छन् । नेवार समुदायमा परापूर्वकालदेखि प्रचलित यो पर्व विशेष गरी नकारात्मक शक्ति र भूतप्रेत भगाउने धार्मिक विश्वासका साथ मनाउने गरिन्छ ।

पर्वको अवसरमा भक्तपुरका विभिन्न टोल तथा चोकहरूमा नर्कट र छ्वालीबाट निर्मित घण्टाकर्णको पुत्ला उभ्याइएको थियो । स्थानीय बासिन्दाहरूले आ–आफ्नो घर सफा गर्ने र मन्त्र जप गरी फलामको औंठी लगाउने जस्ता विधिहरू सम्पन्न गरेका छन् ।

विशेष गरी रोपाइँ सकिएपछि खेतीपातीका क्रममा लागेका हिलो र फोहोरसँगै नकारात्मक ऊर्जालाई बिदा गर्ने प्रतीकका रूपमा यस पर्वलाई लिइन्छ । साँझपख तयार गरिएको पुत्लालाई स्थानीय खोला वा दोबाटोमा लगेर जलाउने वा विसर्जन गरिएको छ ।
न्युज एजेन्सी नेपाल