२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा

‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
अ अ+ अ-

काठमाडौँ । लिम्बू संस्कृति बोकेको चलचित्र ‘जारी २: सङ अफ च्याब्रुङ’ र सामाजिक सन्देश बोकेको ‘मन बिनाको धन’ एकसाथ आजदेखि प्रदर्शनमा आएका छन् ।

यी दुवै चलचित्रले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको ‘जारी २ ः सङ अफ च्याब्रुङ’ यसअघि विसं २०८० मा प्रदर्शन भएको ‘जारी’ को दोस्रो शृङ्खला हो । लिम्बू समुदायको च्याब्रुङ नृत्य र सांस्कृतिक पहिचानलाई केन्द्रित गरेको चलचित्रले माओवादी द्वन्द्वको समयमा एक दम्पतीको जीवनमा आउने उतारचढावको कथालाई चित्रण गरेको छ ।

“यस चलचित्रबाट हामीले संस्कृतिसँगै समाज र परिवेशलाई पनि जोड्ने कोसिस गरेका छौँ,” उहाँले भन्नुभयो । उक्त चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सद्वारा निर्माण गरिएको चलचित्रले पहिलो दिन नेपालभर २६९ भन्दा बढी शो पाएको निर्माण पक्षले जानकारी दिएको छ ।

यसैगरी आजदेखि नै प्रदर्शन भएको दोस्रो चलचित्र ‘मन बिनाको धन’ बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई समेटेर तयार पारिएको छ । गायक दर्जीलाई सडकबाट उद्धार गरेर गायनसम्ममा साथ दिएका सङ्गीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशन गर्नुभएको उक्त चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै गायक दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ ।

“सडकमा गीत गाउँदै हिँड्ने गायक दर्जीको जीवन परिवर्तन गरेको कथा चलचित्रमा ल्याएको छु । यो पूर्णतया उहाँकै जीवनी होइन, यसलाई हामीले चलचित्रकै रुपमा तयार गरेका छौँ तर मूलभूत घटनाक्रम उहाँकै जीवनको लिइएको छ । यो चलचित्रले गायक दर्जीको जीवनीसँग परिचित गराउँदै मनोरञ्जन पनि दिन्छ,” निर्देशक बुढाथोकीले भन्नुभयो । गायक दर्जी हाल कक्षा ९ मा अध्ययनरत रहेकाले चलचित्रका रुपमा यो उमेरका लागि यही पहिलो र अन्तिम हुने उहाँले बताउनुभयो ।

उक्त चलचित्रमा गायक दर्जीसँगै  सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झालगायतका कलाकारले अभिनय गर्नुभएको छ । उक्त चलचित्रले नेपालभर पहिलो दिन ९५ बढी शो पाएको निर्माण पक्षले जानकारी दिएका छन् ।