१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस केन्द्रिय समिति बैठक अझै केहि दिन लम्बिने



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक अझै केही दिन लम्बिने भएको छ ।

बुधवार बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अझै तीन दिन जति बैठक लम्बिने बताउनुभएको हो । उहाँकाअनुसार बैठकमा नेताहरुले आफ्ना धारणा राखिरहनुभएको छ । समसामयिक राजनीति, गत भदौ २३ र २४ गते जेन जी आन्दोलनले पारेको प्रभाव, संसद पुनः स्थापना, राष्ट्रिय निर्वाचन, पार्टी अधिवेशन सम्बन्धमा नेताहरुले आफ्ना धारणा राखिरहेको बताउनु भयो । पदाधिकारीहरुको समय सकिन लागेकाले विशेष महाधिवेशन भन्दा नियमित महाधिवेशन नै उपयुक्त हुने आवाज आइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छलफल जारी छ । अझै तीन दिन जति लाग्छ । बैठकको अन्त्यमा निष्कर्ष निकाल्ने हो । बोल्ने क्रम जारी छ । समसामयिक विषय, भदौ २३ र २४ को आन्दोलनपछिको प्रभावका बारेमा साथीहरुले आफ्ना विषय राख्नुभएको छ । संसद पुनः स्थापनका विषयदेखि लिएर राष्ट्रिय निर्वाचन, पार्टी अधिवेशन सम्बन्धमा कहिले कसरी गर्दा उपयुक्त हुन्छ भन्नेबारेमा साथीहरुले आफ्नो मत राख्नुभएको छ । हाम्रो कार्यकाल नै समाप्त हुँदैछ । नियमित महाधिवेशनबाट १५ औं महाधिवेशन गर्नुपर्छ । नवयुवाको उपस्थिति पनि हुन्छ भन्ने हो । निर्वाचनलाई मध्यनजर गरेर कार्यतालिकाबारे फरक मत आएको छ ।’

उहाँले नियमित महाधिवेशन गर्दा नवयुवाको प्रतिनिधित्व पनि हुने भएकाले निर्वाचनलाई मध्यनजर गरी कार्यतालिका निकालिने र बैठकको अन्तिममा निष्कर्ष निकाल्ने बताउनु भयो ।