काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलन तथा पार्टी एकता घोषणा कार्यक्रम सुरु भएको छ ।
भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा सुरु भएको कार्यक्रममा विभिन्न कम्युनिष्ट घटकहरूका नेता सहभागी भएका छन् ।
सम्मेलनमा पार्टीका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोर्ट थिचेर औपचारिक सुरुवात गर्नुभएको छ ।















